SHARE
पर्दाफास · बिहीबार २९ साउन २०८२ ०१:०९ PM · 1 मिनेट पढाइ

देउवा, ओली र प्रचण्डमा एकल नश्लीय शासन प्रवृत्ति हाबी भयो : राजेन्द्र महतो

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले एकल नश्लीय शासन प्रवृत्तिका कारण लोकतान्त्रिक व्यवस्था सबै नागरिकको बन्न नसकेको टिप्पणी गरेका छन् । बिहीवार जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।