SHARE
कर्पोरेट समाचार · सोमबार ८ असार २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

राष्ट्रिय आर्थिक गणनामा हालसम्म साढे १३ लाख बढी व्यवसायिक विवरण संकलन

काठमाडौं। राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत हालसम्म १३ लाख ५१ हजार १६७ वटा प्रतिष्ठान तथा व्यवसायिक एकाइको विवरण सङ्कलन सकिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार दोस्रो राष्ट्रिय आर्थिक गणनामा कागजी प्रश्नावली र इ–सेन्सस दुवै माध्यमबाट तथ्याङ्क सङ्कलन भइरहेको छ। हालसम्म १३ लाख ४४ हजार ५०० कागजी प्रश्नावली र ६ हजार ६६७ इ–सेन्सस प्रश्नावली प्राप्त भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार