रसुवा बस दुर्घटना : २१ घाइतेमध्ये ४ जनालाई काठमाडौं ल्याइयो
रसुवामा बिहीबार दिउँसो भएको बस दुर्घटनामा घाइते भएका २१ जनामध्ये ४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । बिहीबार दिउँसो करिब सवा २ बजेतिर उत्तरगया गाउँपालिका-५ लहरेपौवास्थित पासाङल्हामु राजमार्ग अन्तर्गत धुन्चे -त्रिशुली सडक खण्डमा गत्लाङबाट काठमाडौं आउँदै गरेको बा ४ ख ८४३५ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको थियो ।
