बेलायती प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा
काठमाडौं । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले कार्यकाल सम्हालेको दुई वर्षभन्दा कम समयमै सोमबार राजीनामाको घोषणा गरेका छन् । नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियताबीच उनले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका हुन् । लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताएका छन् ।
