सिपापोखरे स्थास्थ्य चौकीमा बर्थिङ सेन्टरको सुरुवात
नवलपुर । ईन्द्रावती गाउँपालिका वडा नम्बर ८ को सिपापोखरे स्थास्थ्य चौकीमा बर्थिङ सेन्टरको औपचारिक रुपमा उद्घाटन भएको छ । ईन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा बर्थिङ सेन्टरको उद्घाटन गरीएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष नेपालले बच्चा, आमा र परिवारका लागि वर्थिङ सेन्टर अत्यन्त महत्वपूर्ण रहेको बताए ।
