SHARE
बासुरी खबर · बिहीबार २९ साउन २०८२ ०१:३७ PM · 1 मिनेट पढाइ

एसियाकै अग्लो ८४ फिट उचाईको बुद्धको मुर्ती भोटेनाम्लाङमा, तिब्र गतिमा काम हुँदै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा भगवान गौतम बुद्धको विशाल प्रतिमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । थाङपाल गाउँपालिका ७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुंगा) मा निर्माणाधीन बुद्धको प्रतिमा तीव्रता पाएको हो । गाउँपालिका अध्यक्ष टाशी लामाले पालिकाको गौरवको योजनाका रूपमा रहेको यो परियोजना चार वर्षदेखि सुरु गरिएको जानकारी दिए ।