सुन–चाँदीको मूल्यमा फेरि वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवै धातुको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला १,४०० रुपैयाँले वृद्धि भएको हो। आइतबार सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
