न्यूरोडमा अत्याधुनिक चिप–लेभल रिपेयरिङ सेन्टर सञ्चालन, बिग्रिएका मोबाइल–ल्यापटप सस्तोमा मर्मत हुने
काठमाडौं। राजधानीको व्यावसायिक केन्द्र न्यूरोडस्थित पाकोमा नेपालमै पहिलोपटक चिप–लेभल रिपेयरिङ तथा डिजिटल डिभाइस रिकभरी प्रविधिसहितको अत्याधुनिक ‘एन आइ ल्यापटप सर्भिस सेन्टर’ सञ्चालनमा आएको छ। पिपुल्स प्लाजा अगाडि रहेको केएनके इलेक्ट्रोनिक्स कम्प्लेक्सको चौथो तलामा सञ्चालनमा आएको यो सेवा केन्द्रले बिग्रिएका मोबाइल, ल्यापटप, म्याकबुक, मदरबोर्ड लगायतका डिजिटल उपकरणलाई न्यून लागतमा पुनः प्रयोगयोग्य बनाउने लक्ष्य लिएको छ।
