एन आई सी एशिया बैंकले ल्यायो ‘लिलाम बिक्री पोर्टल घरमै बसेर विवरण हेर्न सकिने
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले एक अत्याधुनिक अनलाईन पोर्टल सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार, ग्राहकहरूलाई लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको पारदर्शी र सहज जानकारी दिने हेतुले यो डिजिटल प्लेटफर्म तयार गरिएको हो।
