रास्वपा विधानमा समावेशी सुधारः मधेसी समुदायदेखि महिलासम्म उत्साहित
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो विधानमा संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने भएको छ। समावेशी सहभागितालाई सुनिश्चित गर्नेगरी विधान संशोधन भएसँगै प्रत्यक्ष लाभान्वित समुदाय खुसी देखिएका छन्। पार्टीले महिला, जनजाति, मधेसी, दलित समुदायका पक्षमा निर्णय गरेको भन्दै लाभान्वित समुदाय उत्साहित बनेका हुन्।
