तराईमा ‘हिटवेभ’ को सम्भावना, स्वास्थ्य सुरक्षाका उपाय अपनाउन विभागको आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (हिटवेभ) चल्ने सम्भावना रहेको जनाएको छ । विभागले सार्वजनिक गरेको दैनिक मौसम पूर्वानुमानअनुसार सोमबार गण्डकी र बागमती प्रदेशका तराई भूभागमा भने तापमान वृद्धिको अनुमान गरिएको छ ।
