सूचना प्रविधिको क्षेत्रको व्यवस्थापन तथा साइबर अपराध नियन्त्रण गर्न विधेयक आवश्यक : सञ्चारमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रको व्यवस्थापन तथा साइबर अपराध नियन्त्रण गर्नको लागि सूचना प्रविधि तथा साइबर क्राइम विधेयक ल्याइएको बताएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
