इरानसँग रोकियो बेल्जियम
एजेन्सी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’को खेलमा बेल्जियम र इरानले गोलरहित बराबरी खेलेका छन्। लस एन्जलसमा आइतबार राति भएको खेलमा बेल्जियमले धेरै अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। बेल्जियमले खेलभर २३ पटक गोलका लागि प्रहार गरेको थियो। तर इरानका गोलरक्षक अलिरेजा बेइरानभन्दले उत्कृष्ट प्रदर्शन गर्दै सबै प्रयास विफल बनाए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
