SHARE
मकालु खबर · बुधबार २८ साउन २०८२ ०२:०४ PM · 1 मिनेट पढाइ

लम्पि स्किनविरुद्धको खोप अभियान सञ्चालन गरिने

बागमती प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रका अनुसार प्रदेश सरकारबाट प्राप्त खोप सातै स्थानीय तहमा वितरण गरी पशुलाई लगाइने छ । प्रदेश सरकारले १३ जिल्लामा अभियानको रूपमा लम्पि स्किनविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।