SHARE
मकालु खबर · बुधबार २८ साउन २०८२ ०२:१२ PM · 1 मिनेट पढाइ

गाजामा नयाँ आक्रमणका लागि योजना स्वीकृत : इजरायली सेना

एजेन्सी । इजरायली सेनाले गाजा पट्टीमा नयाँ आक्रमणका लागि ‘योजना’ स्वीकृत गरेको बुधबार जनाएको छ । सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले गाजा पट्टीमा इजरायली सुरक्षा बल (आईडीएफ)को परिचालन योजनाको मुख्य ढाँचालाई अनुमोदन गरेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।