SHARE
कर्पोरेट समाचार · मङगलबार ३० बैशाख २०८२ ०३:४४ PM · 1 मिनेट पढाइ

फोहाेर पानी प्रशोधन गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ जडान 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले केन्द्रीय कार्यालयमा फोहर पानी प्रशोधन गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ जडान गरेको छ । केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक पाँच हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट जडान गरिएको महानगरले जनाएको छ । बिजुलीबाट चल्ने यो प्रणालीमा ‘एरोबिक’ र ‘एनएरोबिक’ दुवै विधिबाट फोहर पानी प्रशोधन हुन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार