कालापानी लिपुलेक विवादबारे प्रधानमन्त्रीले भने– हामीसँग प्रमाण छ, भारतसँग वार्ता गरेर मिलाउँछौं
काठमाडौं। प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले लिपुलेक कालापानी सीमा विवादका विषयमा नेपालसँग प्रमाण रहेको उल्लेख गर्दै भारतसँग वार्ताबाटै समस्या समाधान गर्ने बताएका छन् । आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यसअघि संसदमा बोल्दा भएको टिप्पणीबारे प्रष्टिकरण समेत दिए ।
