निर्धक्क हुनुहोला गोल गर्ने जिम्मा प्रधानमन्त्रीको हो, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको राजनीतिक नेतृत्व रास्वपाको निर्णायक प्रभावमा पुगेको दाबी गर्दै देश पूर्ण रूपमा सुरक्षित रहेको बताएका छन्। चितवनमा आजबाट सुरु भएको रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लामिछानेले बदलिँदो राजनीतिक परिस्थितिले रास्वपालाई मुलुकको सबैभन्दा प्रभावशाली शक्तिका रूपमा स्थापित गरेको उल्लेख गरे।
