SHARE
Samata Press · आइबार​ ७ असार २०८३ १०:३९ PM · 1 मिनेट पढाइ

संविधान संशोधनमा दलितका सवाल : फेडोले थाल्यो छलफल

काठमाडौँ। संविधान संशोधनमा दलित र दलित महिलाका सवाललाई लिएर दलित महिला संघ (फेडो)ले छलफल थालेको छ। संघले काठमाडौँमा राजनीतिक दलका नेता, सांसद, संविधान र कानूनका ज्ञाता तथा सरोकारवालाहरूसँग 'संविधान संशोधन : दलित तथा दलित महिलाका बिषयमा समेट्नुपर्ने मुद्दा' विषयक छलफल गरेको हो। कार्यक्रममा सहभागी सरोकारवालाहरूले सरकारले संविधान संशोधनको छलफल अघि बढाएको, तर समुदायसँग छलफल नगरेको भन्दै आफ्ना सरोकारमाथि सबैले चासो राख्नुपर्ने बेला आएको बताए।  कार्यक्रममा पूर्वमन्त्री एवम् संविधानसभा सदस्य मीन विश्वकर्माले संविधान संशोधनका सवालमा दलित समुदायको सहभागिता अनिवार्य रहेको बताए। उनले सरकारी बहसपत्र तयारी समितिले सिंहदरबारभित्र बसेर संशोधनका सवालमा सुझाव लिइरहेकोप्रति आश्चर्य व्यक्त गरे।