SHARE
मकालु खबर · बुधबार २८ साउन २०८२ ०३:४० PM · 1 मिनेट पढाइ

कैलाली कारागार घटनापछि हमाल मन्त्रालय तानिए, लम्साल नयाँ सिडिओ

काठमाडौं । कैलाली जिल्ला कारागारमा एक कैदीको मृत्यु र झडपमा दर्जनौं घाइते भएपछि सरकारद्वारा प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगनबहादुर हमाललाई मन्त्रालय तानिएको छ । गृह मन्त्रालयले बुधबार उनलाई मन्त्रालय सरुवा गर्दै घटनाको जिम्मेवारीस्वरूप निर्णय लिएको हो । हमालको स्थानमा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई कैलाली पठाइएको छ । लम्साल अब कैलाली प्रशासनको नेतृत्व गर्नेछन् ।