SHARE
हाम्रो खेलकुद · आइबार​ ७ असार २०८३ ०३:०४ PM · 1 मिनेट पढाइ

चाहना र सक्षमलाई प्रदेशस्तरीय टेबल टेनिसको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय प्रथम बिर्तामोड मेयर कप टेबलटेनिस प्रतियोगिताको उपाधि चाहना नेम्वाङ र सक्षम आचार्यले जितेको छन् । झापा मेचीनगरको ल्होत्से स्कुलकी चाहना महिलातर्फ र इटहरीका सक्षम पुरुषतर्फ च्याम्पियन भएका हुन् । झापा जिल्ला टेबल टेनिस संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत महिला खुलातर्फ दिव्या अधिकारी दोस्रो तथा निर्जला भट्टराई तेस्रो भइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद