ट्र्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु
बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा आज साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–१ बर्कुका २७ वर्षीय पदमबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।
