संविधान बन्यो तर संस्थाहरु बलियो हुन सकेनन् : डा. स्वर्णिम वाग्ले [पूर्णपाठ]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतका आन्दोलनहरुले लोकतन्त्र ल्याए पनि संस्थागत हुन नसकेको बताएका छन् । चितवनमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले सो कुरा बताएका हुन् । आन्दोलनकै बलमा लोकतन्त्र स्थापना भए पनि लोकतन्त्रको संस्थागत गुणस्तर अपेक्षित रुपमा विकसित हुन नसकेको बताए ।
