रास्वपालाई सीके राउतको सुझाव– ‘जेनजी आन्दोलनको भावलाई नबिर्सनु’
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (डा. सीके राउत) ले जेनजी आन्दोलनको भावलाई नबिर्सन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिएका छन् । चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
