SHARE
लोक पथ · आइबार​ ७ असार २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : कुन दलबाट को सहभागी हुँदैछन् ?

काठमाडौं । आजबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा सुरु हुँदैछ । ०७९ असार ७ गते पार्टी स्थापना भएको दिनलाई स्मरण गर्दै रास्वपाले असार ७ कै मितिमा प्रथम महाधिवेशन गर्न लागेको हो । त्यसका लागि सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ चितवन पुगिसकेका छन् ।