SHARE
लोक पथ · आइबार​ ७ असार २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

अन्ततः कांग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुने भएका छन् ।  आज बिहान सबेरै रास्वपा सभापति रवि लामिछानेलाई पत्रमार्फत महाधिवेशन सफलताको शुभकामना दिएका कांग्रेस सभापति थापाले अन्तिम समयमा आएर रास्वपा महाधिवेशनमा जाने निर्णय लिएका हुन् । यसअघि रास्वपा महाधिवेशनमा कांग्रेसबाट उपसभापति पुष्पा भुसाललाई पठाउने निर्णय भएको थियो ।