राप्रपाको असन्तुष्ट पक्षहरुको छुट्टै भेला
काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का असन्तुष्ट पक्षको भेला सुरु भएको छ । केन्द्रीय समितिमा भाग नलिएका केन्द्रीय सदस्यहरूको सामूहिक भेला सुकेधारा स्थित लेविज गार्डेनमा सुरु भएको हो । असन्तुष्ट पक्षहरुको भेलालाई समर्थन गर्दै महामन्त्री कुन्ती शाही उपस्थित रहेकी छन् ।
