SHARE
लोक पथ · आइबार​ ७ असार २०८३ ०२:४३ AM · 1 मिनेट पढाइ

कांग्रेस सभापति गगन थापाले दिए रवि लामिछानेलाई महाधिवेशन सफलताको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा सभापति रवि लामिछाने र सम्पूर्ण रास्वपा परिवारलाई शुभकामना दिएका छन् ।  कांग्रेस सभापति थापाले आज आइतबार बिहान सभापति लामिछानेलाई पत्र लेख्दै लामिछानेको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गरेका छन् ।