डुबेर दुई किशोरी र एक किशोरको मृत्यु
काठमाडौं । सुर्खेत र दैलेखमा शनिबार डुबेर तीन जनाको ज्यान गएको छ । सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
