SHARE
लोक पथ · आइबार​ ७ असार २०८३ ०२:०७ AM · 1 मिनेट पढाइ

रास्वपाको महाधिवेशनस्थल जलमग्न, उद्घाटनका लागि बनाइएको टेन्टभित्र नै दह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन उद्घाटनस्थल वर्षाले जलमग्न बनेको छ ।  गएराति एक घण्टाभन्दा बढी समय परेको मुसलधारे वर्षाले उद्घाटनस्थल चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० सँगै रहेको गेस्टहाउस चौर जलमग्न भएको हो । उद्घाटनका लागि बनाइएको टेन्टभित्र दह जमेको छ । महाधिवेशनको उद्घाटन आज आइतबार दिउँसो २ बजे हुँदै छ ।