SHARE
लोक पथ · शनिबार ६ असार २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

रास्वपाले महाधिवेशनका लागि चन्दा संकलन गरेको छैन : मनिष झा

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी–व्यापारीमार्फत चन्दा नउठाइएको स्पष्ट पारेका छन् । चितवनको भरतपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै झाले महाधिवेशनका नाममा व्यापारी वा ठूला घरानालाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताए ।