संविधानको मर्मलाई आत्मसात् गर्दै सुशासन र समृद्धिको बाटोमा अघि बढ्छौँः रवि लामिछाने
रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको मर्मलाई आत्मसात् गर्दै आफ्नो पार्टी अघि बढ्ने बताएका छन । देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा लैजान रास्वपाले एउटा स्पष्ट सपना देखेको भन्दै उनले उक्त सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए।
