रास्वपाका ३,९९० प्रतिनिधिले बुझाए ५ हजार सहभागी शुल्क
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुने अधिकांश प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन् । शनिबार चितवनको भरतपुरमा बसेको केन्द्रीय समिति बैठकमा प्रतिनिधि व्यवस्थापन उपसमितिका संयोजक लिमा अधिकारीले हालसम्म ३ हजार ९९० जना प्रतिनिधिले प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क तिरेको जानकारी दिएका छन् ।
