राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६-२८ मा काठमाडौंमा गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । पार्टीको शुक्रबार र शनिबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।
