SHARE
लोक पथ · शनिबार ६ असार २०८३ ११:५० AM · 1 मिनेट पढाइ

धवल शमशेरलाई लिङ्देनले भने-‘पार्टी छाडेर गल्ती नगर्नुस्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी त्याग गर्ने घोषणा गरेका पूर्वमहामन्त्री धवलशमशेर राणालाई उक्त निर्णय पुनर्विचार गरी पार्टीमै रहन आग्रह गरेका छन् । शनिबार पार्टीको केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले राणासहित केही नेताले पार्टी छाड्ने विषयमा आफूलाई कुनै औपचारिक जानकारी प्राप्त नभएको बताए ।