SHARE
मकालु खबर · शनिबार ६ असार २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

सेनामाथि राजेन्द्र पाण्डेको टिप्पणी- ‘परमाधिपति बस्ने स्थान सुरक्षित राख्न नसक्नेले देशको सुरक्षा दिने विश्वास गर्नुपरेको छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले नेपाली सेना लगायत सुरक्षा निकायको आलोचना गरेका छन् । काठमाडौँ आयोजित एक कार्यक्रममा उनले परमाधिपति बस्ने स्थान सुरक्षित राख्न नसक्ने सुरक्षा निकायले देशको सुरक्षा दिने विश्वास गर्नुपरेको टिप्पणी गरेका हुन् । उनले जेनजी आन्दोलनमा भएका घटनाहरूको स्मरण गर्नुहुँदै त्यस अवधिमा देशको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका हुन् ।