जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छ: वर्षमान पुन
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले जनताका मुद्दामा खरो उत्रिने र अन्यायका विरुद्ध लड्ने राजनीतिक शक्तिलाई मात्रै जनमत प्राप्त हुने बताएका छन् । शनिवार पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले नेपाली जनताको मनोविज्ञान सधैँ विसङ्गति र बेथितिका विरुद्ध लड्ने शक्तिको पक्षमा रहेको उल्लेख गरेका हुन् ।
