SHARE
लोक पथ · शनिबार ६ असार २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

रास्वपा यात्राका उतारचढाव सम्झिँदै रवि लामिछानेले भने– ‘संघर्ष, निर्णय र गिरफ्तारीको साक्षी यही कोठा हो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनाको प्रारम्भिक संघर्ष सम्झिँदै भावुक भएका छन् । रास्वपा केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै लामिछानेले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि आवश्यक नागरिकता संकलन गर्न निकै कठिन भएको स्मरण गरेका हुन् ।