सरकारका १०० दिनको समीक्षा गर्दै कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दल कार्यसमितिले सरकारका १०० दिनको कार्यसम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ । शनिबार (असार ६) सिंहदरबारमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकबाट यस्तो निष्कर्ष निकालिएको हो ।
