SHARE
लोक पथ · शनिबार ६ असार २०८३ १०:५० AM · 1 मिनेट पढाइ

सरकारको ‘हनिमुन पिरियड’ सकियो, अब कांग्रेसले संसदमा सशक्त भूमिका खेल्छ : अभिषेकप्रताप साह

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता अभिषेकप्रताप साहले सरकारको शुरुवाती १०० दिने ‘हनिमुन पिरियड’ सकिन लागेको उल्लेख गर्दै अबका दिनमा संसद्मा प्रमुख प्रतिपक्षी दलको भूमिका थप प्रभावकारी र सशक्त हुने बताएका छन् । शनिबार सिंहदरबारमा सम्पन्न नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता साहले उक्त धारणा राखेका हुन् ।