SHARE
लोक पथ · शनिबार ६ असार २०८३ ११:०७ AM · 1 मिनेट पढाइ

जनताका मुद्दामा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छ : वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले जनताका मुद्दामा खरो उत्रिने र अन्याय तथा विसंगतिका विरुद्ध लड्ने राजनीतिक शक्तिलाई मात्रै जनमत प्राप्त हुने बताएका छन् । शनिबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै नेता पुनले नेपाली जनताको मनोविज्ञान सधैँ बेथिति, शोषण र अन्यायविरुद्ध संघर्ष गर्ने शक्तिको पक्षमा रहेको बताएका हुन् ।