रास्वपा केन्द्रीय समितिको औपचारिक अन्तिम बैठक जारी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को औपचारिक अन्तिम बैठक आज सुरु भएको छ । महाधिवेशनमा लैजाने ‘एजेन्डा’ पारित गर्न अन्तिम बैठक भरतपुरको दियालो फुडल्याण्डमा जारी छ । बैठकले आइतबारदेखि यहाँ हुने महाधिवेशनका प्रतिनिधिको अन्तिम नामावली पारित गर्ने प्रवक्ता मनिष झाले बताए । उनका अनुसार बैठकले विधान संशोधन प्रस्ताव पारित गर्ने छ ।
