निजामती अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
काठमाडौं । सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त दरखास्ता आह्वान गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा व्यावसायिक कार्ययोजना पेस गर्न भनिएको छ ।
