रवि लामिछानेको चेतावनी- ‘आन्तरिक लोकतन्त्र कमजोर भए पार्टीमा दुर्घटना हुन सक्छ’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताएका छन् । चितवनमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै लामिछानेले लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट आफूहरू कहिल्यै पछि नहट्ने बताएका हुन् । उनले पार्टीका सदस्यहरूको अधिकार सुरक्षित हुनुपर्नेमा जोड दिए ।
