SHARE
मकालु खबर · शनिबार ६ असार २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

झापामा दुई सय ८५ जनालाई रोजगारी

झापा । अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट २८५ जनाले रोजगारी पाएका छन् । अर्जुनधारा नगरपालिकाका १२१ र बिर्तामोड नगरपालिकाका १६४ बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी पाएका हुन् । अर्जुनधारा नगरपालिकाले स्थानीयस्तरमा रोजगारी, रोजगारकर्ता र रोजगारदाताबीच समन्वय गराई अवसर सिर्जना गर्ने उद्देश्यले तीन दिने रोजगार मेला आयोजना गरेको छ ।