लेबनानमा इजरायली आक्रमण, ५ जनाको मृत्यु
एजेन्सी । लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । इजरायल र इरान समर्थित हिज्बुल्लाहबीच एक दिनअघि मात्र नयाँ युद्धविराम घोषणा भए पनि आक्रमण भएको हो ।
