बालसंरक्षण गृह सञ्चालन
बाँके । खजुरा गाउँपालिकाले असहाय, अनाथ तथा जोखिममा परेका बालबालिकाको संरक्षण र व्यवस्थापनका लागि बालसंरक्षण गृह सञ्चालनमा ल्याएको छ । गाउँपालिकाभित्रका अभिभावकविहीन भई सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न आफ्नै लगानीमा पालिकाले ‘खजुरा बालसंरक्षण गृह’ सञ्चालनमा ल्याएको हो ।
