‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले एक विद्यालय एक करेसाबारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाले आगामी वर्षदेखि विद्यालयमा बालमैत्री शैक्षिक वातावरण साथै वातावरणीय अनुकूलन सौन्दर्यकरणमार्फत हरित विद्यालयको अवधारणा कार्यान्वयन गर्ने अवधारणा ल्याएको हो ।
