सह आयोजक अमेरिका नकआउटमा
एजेन्सी – अमेरिका लगातारको दोस्रो जितमा फिफा विश्वकप फुटबलको अन्तिम ३२ मा स्थान बनाउन सफल भएको छ। सियाटलमा घरेलु दर्शकको साथ अमेरिकाले अस्ट्रेलियालाई २-० ले पराजित गर्यो। सन् १९३० पछि पहिलो पटक लगातार दुई खेल जित्दै अमेरिकाले नकआउटमा स्थान सुरक्षित गरेको हो। सह आयोजक अमेरिका चोटका कारण आफ्ना स्टार खेलाडी क्रिस्टियन पुलिसिसविना मैदान उत्रिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
