SHARE
बासुरी खबर · सोमबार २९ बैशाख २०८२ १२:१८ AM · 1 मिनेट पढाइ

भारत र पाकिस्तानबीच सोमबार वार्ता हुने

काठमाडौँ । भारत र पाकिस्तानबीच सोमबार वार्ता हुने भएको छ । दुई साताअघि जम्मुकाश्मीरको पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि युद्धमा उत्रिएका भारत र पाकिस्तानले तनावकै बीचमा शनिबार पूर्णस्तरको युद्धविराम घोषणा गरेका थिए । आपसी वार्ताबाट विवाद निरुपण गर्ने उद्देश्यसहित युद्धविराम गरेका दुई देशबीच सोमबार वार्ता हुने तय भएको थियो ।